काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका सबैजसो मुद्राहरुको मूल्य हिजोकै यथावत छ। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो आज पनि सबैजसो विदेशी मुद्राहरु सोही मूल्यमा कारोबार हुनेछ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। विगत पाँच दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा कायम भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ कार्तिक २०८१, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर