काठमाडौं । दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम.) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले स्थानीइ समय अनुसार विहीबार बिहान ७ बजेर १० मिनेटमा मिसाइल प्रहार गरेको थियो ।
यसअघि दक्षिण कोरियाले बुधबार मात्रै आगामी पाँच नोभेम्बरमा अमेरिकी चुनाव हुनुभन्दा अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गर्ने जनाएको थियो । नभन्दै उत्तर कोरियाले आज बिहान ब्यालेस्टिक मिसाइल नै प्रहार गरेको छ ।
पछिल्लो समय उत्तर कोरिया छिमेकी देशहरुप्रति आक्रामक देखिएको छ । यसअघि दक्षिण कोरियालाई जोड्ने एक सडक उत्तर कोरियाले बम विष्फोट गराएर भत्काएको थियो ।
उत्तर कोरियाको गतिविधिलाई छिमेकी देश जापान, दक्षिण कोरिया र अमेरिका समेतले चासोपूर्वक हेरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ कार्तिक २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पास
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला