आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ११ कार्तिक २०८१, ११ : २०
आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक समिति सचिवालय सिंहदरवारमा बिहान साढे ११ बजे राखिएको छ ।

छलफलको कार्यसूचीमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने उल्लेख छ । आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कातिक २६ देखि मंसिर ७ गते)सम्म अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) आयोजना हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस