दाङ । दाङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती लोकमार्गअन्तर्गत शनिवार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान कपुरकोट गाउँपालिका-६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश र १० वर्षीय जीवन वली रहेका छन् ।
उनीहरूलाई तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ । गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
भक्तपुरमा भएको दुर्घटनामा २३ वर्षीया युवतीको मृत्यु
तनहुँमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमा-छोरा भएको पुष्टि
गाडी दुर्घटनामा मधेसका स्वास्थ्यमन्त्री घाइते, अवस्था सामान्य
सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्य, ११ घाइते