काठमाडौं । घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको छ ।
पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् ।
आइतबार एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाही पक्राउ परेका छन् । अदालत घटस्थापनादेखि नै बन्द हुने भएकाले अख्तियारको हिरासतको चाप बढेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको।
हिरासत भरिएपछि पक्राउ परेकाहरुलाई अख्तियारले प्रहरी कार्यालयका हिरासतहरुमा समेत राख्ने गरेको छ। दसैं खर्चका नाममा घुस र असुल्नेहरुसमेत पक्राउ परेको अख्तियार प्रवत्ता रामेश्वर दंगाल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० असोज २०७५, ०८ : ११
लेखकबाट थप