लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित छन्: मन्त्री राई

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १८ : ३२
लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित छन्: मन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले लेबनानमा खटिएका नेपाली शान्ति सैनिक हालसम्म सुरक्षित रहेको बताएका छन्।

मंगलबार मन्त्रालयमा आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लेबनानमा ८७७ जना नेपाली शान्ति सैनिक रहेको र सबै सकुशल रहेको जानकारी दिए।

उनले नेपाली सेना जहिले पनि रक्षा मन्त्रालयको चासोको रूपमा रहने र दैनिक आफूले जानकारी लिने बताए। उनले भने, ‘नेपाली सेना जहिले पनि रक्षा मन्त्रालयको चासोको रूपमा रहन्छ। दिनदिनै त्यहाँ के भइरहेको छरु त्यहाँको अवस्था कस्तो छरु परराष्ट्र मन्त्रीसँग छलफल भइरहन्छ।’

यस्तै, मन्त्री राईले लेबनानमा रहेका शान्ति सैनिकसँग प्रधानसेनापति अशोक सिग्देलले दिनमा ३ पटकसम्म संवाद गर्ने गरेको दाबी गरे। राईले पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै गृह मन्त्रालय र रक्षा मन्त्रालयबीच काममा सल्लाह नभएको भनेर बाहिर हल्ला आएकाले त्यसमा सत्यता नरहेको उनले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस