काठमाडौँ। नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णय विपरीत बोल्ने नेताहरूलाई स्पष्टीकरण पत्र पठाएको छ । महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन् ।
आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सचिवालयको निर्णय बमोजिम महासचिव पोखरेलले पार्टीको निर्णय विपरीत टिप्पणी गर्नुको कारण सोधेका छन् । ‘‘ विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारण सहित सात (७) दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।
एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरूलाई निलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।
पाण्डे र तिमिल्सिनाले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा केन्द्रीय कार्यालय स्विकार्ने पार्टी निर्णयप्रति विमति जनाएका थिए । पूर्वउपाध्यक्ष रावललाई भने यो निर्णय विपरीत बोल्ने मात्र नभएर विगत लामो समयदेखि अलग गतिविधि गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा
सचिवालय बैठक बोलाउने एमालेको तयारी
रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा
पूर्व सांसदलाई पनि एमालेले गर्यो कारवाही
धनगढीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी