खाद्य कम्पनीले ७३ हजार मेट्रिक टन धान किन्ने

सफल खबर संवाददाता

सोमबार, ०५ कार्तिक २०८१, ०७ : ०३
खाद्य कम्पनीले ७३ हजार मेट्रिक टन धान किन्ने

काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने भएको छ ।

कम्पनीले यस वर्ष विभिन्न जिल्लाबाट सो परिमाणमा धान खरिद गर्न लागेको हो ।सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्न लागेको हो ।

कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गर्दै आएको छ । यस वर्ष धान खरिद गर्नका लागि स्थानीय पालिकासँग समन्वय गर्न विभिन्न २४ जिल्लामा टोली परिचालन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुुख कार्यकारी अधिकृत रमेश आचार्यले स्थानीय पालिकासँग समन्वय गरेर धान खरिद गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस