चितवन । नेकपा (माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्माले माओवादी आन्दोलनलाई एकतावद्ध गर्दै वामपन्थी एकताका लागि ठूलो छाति बनाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् । आज (शनिबार) चितवनमा आयोजित बेपत्ता योद्धा दण्डपाणि न्यौपानेको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराईलगायत धर्मेन्द्र बास्तोलासमेतलाई पार्टीमा एकतावद्ध गर्नुपर्ने बताएका हुन् ।
‘अब हामी माओवादी आन्दोलन र वास्तविक कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि हामीले नयाँ ढंगले सोच्न जरुरी छ, नयाँ ढंगले अगाडि बढ्न जरुरी छ । त्यसका लागि केही सैद्धान्तिक, केही व्यवहारिक र केही असन्तुष्टिका कारणले तितरवितर भएको माओवादी आन्दोलनलाई फेरि एकतावद्ध गर्नका लागि हामीले ठूलो छाती गर्नुपर्छ । हामीले त्याग गर्नसक्नुपर्छ, सबैलाई समेट्न सक्नुपर्छ । किरणजी, बाबुरामजी र विप्लवजीलगायत गोपाल किराती, विश्वभक्तजी, धर्मेन्द्रजीलगायत दर्जनमा विभक्त माओवादीलाई संगठित गरौं । सँगै अरु वामपन्थीहरुलाई पनि एकतावद्ध गरेर अगाडि बढौं,’– उनले भने ।
अहिलेको वर्तमान सत्ता गठबन्धनले संघीयता र समावेशितालाई नजरअन्दाज गरिरहेको उनले बताए । यस्ता तमाम खेलहरुलाई परास्त गर्दै समाजवादी दिशमा लाग्न वामपन्थी एकता आवश्यक रहेको उनले बताए । राजनीतिलाई बदलाको भावनामा नहेर्न पनि उनले वर्तमान सरकारलाई सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताले हामीबाट सुधार खोजेका छन्, सच्चाउन आवश्यक छ : जनार्दन शर्मा
उथलपुथल छाडेर आत्मसमीक्षासहितको श्वेतपत्र जारी गरौँ : जनार्दन शर्मा
पार्टी नेतृत्व नबदलिए जनताका आवाज नेतृत्व गर्न सकिँदैन : जनार्दन शर्मा
दुई अभियान टुंग्याएर असारबाट विशेष महाधिवेशनमा केन्द्रित हुन्छौं : जनार्दन शर्मा
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छ : जनार्दन शर्मा
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा