टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी, मर्मतका लागि सडक बन्द !

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, १२ : १८
टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी, मर्मतका लागि सडक बन्द !

काठमाडौँ । सरकारले कैलालीमा रहेको टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको जनाएको हो ।

मन्त्रालयले एक पत्र लेख्दै  विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह समेत गरेको छ ।

शाखा अधिकृत अनिशा आचार्यद्वारा हस्ताक्षरित पत्रमा विमानस्थल मर्मतको लागि सडक बन्द गर्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरिएको हो । 

प्रतिक्रिया दिनुहोस