जनार्दन र घनश्यामबिच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, १९ : ४३
जनार्दन र घनश्यामबिच भेटवार्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबिच भेटवार्ता भएको छ ।

दुई नेताबिच बिहीबार भएको छलफलमा कम्युनिस्ट पार्टीबिचको सहकार्य, एकता, आन्दोलन, पछिल्लो देशको अवस्था तथा राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । 

उनीहरूबिच कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउन सकिने उपायका बारेमा समेत कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस