बिहारमा विषाक्त मदिरा सेवनबाट ३० जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, १० : ३५
बिहारमा विषाक्त मदिरा सेवनबाट ३० जनाको मृत्यु

एजेन्सी । भारतको बिहारस्थित सिवान जिल्लामा विषाक्त मदिरा सेवनबाट ३० जनाको मृत्यु भएको छ ।

विषाक्त मदिरा सेवनबाट हालसम्म ३० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यसबाहेक विषाक्त मदिरा सेवन गरेका केही मानिसहरू अस्पतालमा उपचाररत रहेको समाचारमा उल्लेख छ । 

यसैगरी बिहारकै छपरामा पनि ४ जनाको मृत्यु भएको छ ।मंगलबार साँझ कौडिया वैसी टोला गाउँमा मदिरा सेवन गरेकाहरूमा बान्ता हुने, टाउको दुख्ने, पेट दुख्नेजस्ता लक्षण देखिएपछि अस्पताल लगिएको थियो । 

घटनामा विषाक्त मदिरा प्रत्यक्ष रूपमा जिम्मेवार छ कि छैन भन्ने प्रष्ट गर्न मेडिकल परीक्षण र पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस