प्रहरीले सर्लाहीमा नष्ट गर्‍यो अवैध घरेलु मदिरा

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, ०८ : ५९
प्रहरीले सर्लाहीमा नष्ट गर्‍यो अवैध घरेलु मदिरा

File pic

सर्लाही । सर्लाही प्रहरीले विभिन्न स्थानमा सञ्चालित घरेलु मदिरा बनाउन अवैध भट्टी नष्ट गरेको छ। 

विष्णु गाउँपालिका र गोडैता नगरपालिका क्षेत्रका विभिन्न मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिष्णु गाउँपालिका- ३ का विभिन्न स्थानका बाँसघारीमा सञ्चालित अवैध मदिरा भट्टी, त्यसबाट उत्पादित तयारी मदिरा र रक्सी बनाउने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ।

मदिरा बनाउने झण्डै ७ हजार लिटर कच्चा पदार्थ, रक्सी बनाउने भाँडा र मेसिनसहित झण्डै ९० हजार रुपैयाँ बराबरको सामान पनि प्रहरीले फुटाएर नष्ट पारेको छ। 

त्यसैगरी गोडैता नगरपालिका- ६ बगदह, वडा नम्बर- ९ खकैनिया, २ र ११ पर्ने सिसौटिया टोलमा सञ्चालित मदिरा भट्टी, त्यहाँ राखिएका एक हजार लिटर कच्चा पदार्थ पनि प्रहरीले नष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस