सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–६, को जुविधामा आगलागीबाट तीन घर जलेका छन् । कालिकोट प्रहरीका अनुसार स्थानीय परेक शाहीको घरमा अचानक लागेको आगोले अन्य दुई घरमा समेत क्षति पुगेको छ ।
घटना बुधबार बेलुकाको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार परेक शाहीको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । उक्त अन्य दुई घरमा भने क्षति केही कम भएको छ ।
आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किशोर केसीको कमाण्डमा प्रहरी त्यहाँ खटिएको थियो । स्थानीयको सहभागितामा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । घटनाको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको सूचना अधिकारी थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
कोहलपुरमा फेन्सी पसलमा आगलागी
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति