काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ । नेवानिले दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो।
दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको आंशिक गरी असोज ३० गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो व्यवस्थापनले नेतृत्वले सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५ सय ३३ रुपैयाँ किस्ता रकम तिरेको नेवानिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १२ : ५३
लेखकबाट थप