लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ ।
चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लड्ेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जुनियर रेडक्रस गठन
सिरहाको मिर्चैयास्थित सगरमाथा माविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विजय कापरको अध्यक्षतामा ११ सदस्यीय सर्कलको उपाध्यक्षमा काजल महासेठ, सचिवमा विवेक सिंह, उपसचिवमा अञ्जली साह, कोषध्यक्षमा राजीव यादव, उपकोषाध्यक्षमा स्नेहा शर्मालाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यमा मनिष राम, अशोक महतो, सुस्मिता लामा, समीक्षा राम र अनिल नायकलाई चयन गरेको रेडक्रस मिर्चैया शाखाका सचिव ध्रुव श्रेष्ठले जानकारी दिनुभयो ।
सर्कलको संरक्षकमा विद्यालयका प्राचार्य प्रदीपकुमार तिवारी, शिक्षक नायकमा टीकाराम कार्की, उपशिक्षक नायकमा दिलीप मण्डल र सल्लाहकारमा विष्णुहरि घिमिरेलाई चयन गरिएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले विद्यार्थीलाई रेडक्रसप्रति आर्कषित गराउन सर्कल गठन गरिएको बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस