नेपाली युवा छनौट गर्दै चिनियाँ दूतावास

सफल खबर संवाददाता

बुधबार, ३० असोज २०८१, १५ : १९
नेपाली युवा छनौट गर्दै चिनियाँ दूतावास

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासाले युथ पायोनियर प्रोग्राम (सीएनवाइपी) सञ्चालन गर्ने भएको छ । त्यसका लागि नेपाली युवालाई छनौट गर्ने प्रक्रिया अगाडि बढाएको छ । दूतावासले एक सूचना गरी रुचि राख्ने युवालाई आवेदन दिन आग्रह गरेको छ । नेपाली युवाले कात्तिक २९ गतेसम्म आवेदन दिन सक्ने छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफ्नो एक्समा भनेका छन्, ‘यदि तपाई अग्रगामी सोच राख्नु हुन्छ र नेपालको सामाजिक तथा आर्थिक विकासमा परिवर्तन ल्याउन चाहनु भएको छ भने कृपया आजै आवेदन दिनुहोस् ।

आफ्नो नेतृत्व विकास, गेम चेन्जिङ सोचका साथ सामाजिक र आर्थिक विकासका लागि अगाडि बढ्न आग्रह समेत आग्रह गरेका छन् । यसमा १८ वर्षदेखि ३२ वर्षका युवाले मात्र निवेदन दिन पाउने छन् ।

उसले आफ्नो निवेदन अङ्ग्रेजी वा चाइनिज भाषामा मात्र दिन पाउने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सीएनवाइपीमा छनौट भएका युवाको आन्तरिक क्षमता बढाउनका लागि प्रशिक्षणलगायत विभिन्न कार्यशाला गोष्ठी तथा भ्रमणहरू गराउनुको साथै छात्रवृत्ति पनि प्रदान गर्ने भनिएको छ ।

 छनौट भएका युवालाई एक वर्षसम्म नेपाल–चीनका विभिन्न कार्यक्रममा सहभागी गराउनेछ । 

प्रतिक्रिया दिनुहोस