काठमाडौँ । सरकारद्वारा गठित छानविन समितिले नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी बिना स्वीकृति क्यानाडामा विश्व संस्कृत सम्मेलनमा सहभागी भएको ठहर गरेको छ ।
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट जबर्जस्ती फर्काएपछि भ्रमण विवादीत बनेको थियो ।
विश्वविद्यालयकै पदाधिकारीले कोइरालामाथि आरोप लगाउँदै छानविन माग गरेका थिए ।
लगत्तै, प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ५ सदस्यीय छानविन समिति गठन गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।
उपकुलपतिलाई फर्काएको विषयमा भने प्रतिवदेन मौन रहेको छ ।
भ्रमणमा गएकाहरुले आर्थिक विनास्वीकृति १० लाख रुपैयाँ पेस्की लिएर आर्थिक दुरुपयोग गरेको पनि उल्लेख गरेको छ ।
पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बरालको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्री ओलाीलाई प्रतिवदेन बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ असोज २०७५, ०७ : ४७
लेखकबाट थप