काठमाडौँ । दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने भएको छ । असोज ११ र १२ गतेको बाढी पहिरोबाट बीपी राजमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
उनले सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था नरहेको बताए ।
शुक्रबार विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको जानकारी दिए। दसैँ अघिसम्म उनीहरूको उद्धार सक्ने बताए ।
बैठकमा सांसद निशा डाँगीले डाईभर्सन सडक बनाएर बीपी राजमार्ग सञ्चालन गर्न सकिने भनेर विज्ञले भनेको उल्लेख गर्दै त्यसतर्फ मन्त्रालयलाई ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षतिग्रस्त बीपी राजमार्गको मर्मत शुरू
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन
बीपी राजमार्गमा आजदेखि गाडी चल्ने
बीपी राजमार्गमा काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै