त्रिशूलीमा बस बेपत्ता : पानीभित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरेर खोजीकार्य शुरु

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, ०९ : २०
त्रिशूलीमा बस बेपत्ता : पानीभित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरेर खोजीकार्य शुरु

काठमाडौ । नारायणी नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम  सहित खोजीकार्य शुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउंछ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । 

बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुली  नदिमा खसेको थियो ।