एमाले सचिवालय बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, ०७ : ५९
एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।

बैठक  बिहीबार पौने १२ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

गौतमका अनुसार बैठकमा छलफलका धेरै एजेन्डा तय नभए पनि दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुनेछ । 

यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि पार्टी कार्यालय डुबान भएकाले बसेरा होटेलमा सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस