महिला आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १३ : ४६
महिला आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०\ ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मंगलबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगले प्रतिवेदन पेश गरेको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई पेश गरेकी हुन् ।

यसअघि आजै राष्ट्रपति पौडेल समक्ष निर्वाचन आयोगले पनि प्रतिवेदन पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस