काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरूको लागि तालिम दिने केन्द्रहरू बनाउने तयारी गरिरहेको बताएका छन् ।
गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले अटिजमको समस्या भएका बालबालिकाहरू धेरै रहेकाले उनीहरूको लागि सात वटै प्रदेशमा तालिम दिने र सीप सिकाउने केन्द्रहरूको निर्माण गर्ने तयारीका लागि मन्त्रालयले समिति बनाउने पहल गरिरहेको बताए ।
उनले जन्मिएको शिशुलाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निष्कर्ष निकाल्ने स्थिति नेपालमा हुनुपर्ने बताए । उनले कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताए ।
बालबालिकाहरूमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरूको पहिचान गरेर सुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने बताए ।उनले भने, ‘जन्मिएको बच्चालाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निष्कर्ष निकाल्ने स्थिति बन्नुपर्यो ।
कुनै समस्या रहेछ भने बच्चाको स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति हामीले निर्माण गर्न सक्नुपर्छ । त्यो प्रसूतिबाट सुरु भएको छ । प्रसूतिकै नेतृत्वमा अन्य अस्पतालहरूमा पनि यसलाई हामीले बिस्तार गर्नेछौँ ।
मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा थप सेवाहरू उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई पूर्णता दिने र सेवा प्रभावकारी बनाउने बारेमा गम्भीर रूपमा छलफल गरिरहेको बताए । मन्त्री पौडेलले नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने न्यु बर्न स्क्र्यानिङ टेस्टको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा शुभारम्भ गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँ : मन्त्री पौडेल
विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ : मन्त्री पौडेल
अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेल