काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले स्वास्थ्य सेवा सहज उपलब्ध हुने अवस्था सिर्जना भएपनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । उनले कामको अनुभवबाट पनि स्वास्थ्य सेवा प्रवाह विकसित र परिवर्तन गर्दै जानुपर्ने बताए । उनले स्वास्थ्य सेवा दिनै नसकिने फितलो अवस्थामा नभएको जिकिर गरे ।
उनले भने, ‘आज स्वास्थ्य सेवा एकदमै फितलो अवस्थामा छ, परिणामै दिन नसक्ने स्थितिमा छ, स्वास्थ्य क्षेत्रमा सेवा उपलब्ध हुनै नसकेको भन्ने होइन । सेवा उपलब्ध हुने स्थिति बनेको छ तर पूर्ण हुने अवस्था छैन । प्रभावकारी हुन सकेको छैन, व्यवस्थित हुन सकेको छैन । आजको चुनौती भनेको स्वास्थ्य सेवालाई प्रभाकारी र व्यवस्थित बनाउने हो ।
मन्त्री पौडेलले विशिष्ट क्षमता भएका व्यक्तिले मात्रै स्वास्थ्य सेवा दिनसक्ने बताए । उनले स्वास्थ्यकर्मीले दबाबमा काम गर्न नसक्ने भन्दै दबाबमुक्त भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्यभुति सरकारले दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘काम गर्ने वातावरण बनाउनु पर्यो । कसैले आवेगमा आएर केही गरी दियो भने मेन्टली असुरक्षित बनिरहने वातावरण बनिरहन्छ । त्यस्तो नहुने वातावरण हामीले निर्माण गर्नुपर्यो ।
मन्त्री पौडेलले सीमित पूर्वाधार, जनशक्ति र उपकरणले स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बाध्यता भएको बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको फेक क्लेमबारे निर्क्योलमा नपुगी सरकारले भुक्तानी दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
पाठेघरको क्यान्सर भयावह अवस्थामा छ, निवारणको लक्ष्य लिएका छौं : स्वास्थ्यमन्त्री
स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँ : मन्त्री पौडेल
सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरू बनाउने तयारीमा छौँ : मन्त्री पौडेल
विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ : मन्त्री पौडेल
अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेल