गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । उक्त क्षेत्रमा बितेका तीन महिनामा ३४ हजार ६५१ विदेशी पर्यटक उक्त भित्रिएका छन् ।
गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकाेमा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या ६ हजार ३१४ थियो ।
आयोजना प्रमुख डा रविन कडरियाका अनुसार यो यामको सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी पर्यटक उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् । सेप्टेम्बरमा घुमफिरका लागि आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार ६८२ र अन्य देशका ११ हजार ४०६ जना छन् । अगष्टमा सार्क क्षेत्रका तीन हजार ३८३ र अन्य मुलुकका दुई हजार ९३१ पर्यटकले एक्यापको भ्रमण गरेका थिए । यस्तै जुलाईमा सार्क क्षेत्रका तीन हजार ३५० र अन्य मुलुकका एक हजार ८९३ जनाले भ्रमण गरेकाे पाइएकाे छ ।
एक्यापभित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमैडाँडा, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक पर्यटक पनि यही याममा बढी आउने गरेका छन् ।
गत आर्थिक वर्षमा दुई लाख २२ हजार १८० विदेशी पर्यटक भित्रिएका थिए भने तिनमा एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ जना थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुःख सुख साट्न अन्नपूर्णमा ज्येष्ठ नागरिक प्रतीक्षालय निर्माण
एक महिनामै अन्नपूर्ण क्षेत्रमा ३० हजार पर्यटक भित्रिए