सिलिगुडी । लामो समयदेखि बसोबास गर्दै आए पनि असमका नेपालीभाषी (गोर्खा) ले सधैं ‘विदेशी’ को लाञ्छना व्यहोर्दै आएका छन् । बल्ल उनीहरूले यो आरोपबाट मुक्ति पाएका छन् ।
भारतको केन्द्रीय गृह मन्त्रालयले बुधबार असम राज्य सरकारलाई निर्देशनात्मक पत्राचार गरी उनीहरू विदेशी नभएको उल्लेख गरेको छ । ‘
असमका नेपालीहरू विदेशी होइनन्, भारतीय हुन्, उनीहरूलाई शंकास्पद नठान’ पत्रमा भनिएको छ । गृह मन्त्रालयले अब उप्रान्त गोर्खालाई विदेशी नागरिकता न्यायाधीकरणबाट विदेशीको लाञ्छना लगाएर सूचना जारी गर्न नपाइने जनाएको छ ।
यसअघि नेपालीलाई असमको विदेशी नागरिकता न्यायाधीकरणले ‘डी भोटर’ अर्थात् शंकास्पद मतदाता करार गर्दै सूचना जारी गरेर बारम्बार दु:ख दिँदै आएको थियो । ‘हामी विदेशी नागरिकता न्यायाधीकरणलाई पटक–पटक स्पष्टीकरण दिन बाध्य थियाैं’, असमका पत्रकार रोहित गौतमले फोनमा भने, ‘यो राजनीतिक समस्याबाट गोर्खाहरूले बल्ल मुक्ति पाए ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २७ असोज २०७५, ०८ : ४२
लेखकबाट थप