काठमाडौँ । बाढी तथा पहिरोका कारण कुल १३० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । शुक्रबार र शनिबारको बाढी तथा पहिरोले केही जलविद्युत् आयोजनामा पूर्ण तथा केहीमा आंशिक क्षति पुर्याएको छ ।
२२ मेगावाटको माण्डू खोला जलविद्युत् आयोजनाको पावरहाउस पूरै डुबेको छ । यसैगरी २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको पावरहाउस पनि डुबेको छ । ८.५ मेगावाटको माथिल्लो हेवा खोला र १४.९ मेगावाटको हेवा खोला ‘ए’ परियोजना पनि क्षति पुगेको छ ।
समग्रमा १३० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, इप्पानका महासचिव बलराम खतिवडाले जानकारी गराए । स्थलगत अध्ययनपछि कहिले सञ्चालनमा ल्याउने भन्ने थाहा हुने उनको भनाइ छ ।
शनिबार ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा पनि क्षति पुगेको थियो । बाढी पहिरोले विद्युत् उत्पादन र प्रसारण लाइनमा समेत क्षति पुर्याएपछि देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।
काठमाडौंलाई विद्युत् आपूर्ति गर्ने मुख्य प्रसारण लाइन खिम्ती –लामासाँघु प्रसारण लाइनको ७ नं टावर बग्दा आपूर्ति बन्द गरिएको छ । यो १३२ केभीको प्रसारण लाइन हो । ढल्केबर –पथलैया प्रसारण लाइन पनि अवरुद्ध छ ।
यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ । आपूर्ति प्रणालीमा समस्या भएपछि शनिबार साँझ ३०० मेगावाट विद्युत् भारतबाट ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् चुहावट १२.७३ प्रतिशतमा सिमित
रसुवागढी आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली निर्यात
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
औद्योगिक क्षेत्रमा साँझको समयमा विद्युत् कटौती हुने
चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात