दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, ११ : ३२
दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

काठमाडाैं। दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने भएको छ । सुकिला नोट नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्मको लागि सटही व्यवस्था मिलाएको हो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ ।

सरकारले यसअघि दशैँका लागि नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपाली नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ ।