मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।
उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रूपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।
मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गरे। उनले भने, “संविधान संशोधनमा जनताले थप अधिकारहरू प्राप्त गर्नेछन् ।”उनले देशव्यापी रूपमा संघीय मन्त्रालयअन्तर्गतका चार हजार पाँच सय किमी सडकका खाडल पुर्ने काम सुरु गरेको तर मौसमले समस्या भएको बताए । मन्त्री दाहालले आज विराटनगरस्थित रेल्वे, हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ असोज २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादन भनेको वर्षभर पढेर एउटा जाँच दिएर पास भएजस्तो होइन : भौतिक पूर्वाधारमन्त्री
लाइसेन्स छपाइ तथा वितरणको काम प्रदेश स्तरबाटै हुन आवश्यक छ : मन्त्री दाहाल
पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या : भौतिक मन्त्री दाहाल
कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन दिँदैनौँ: मन्त्री दाहाल
मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण
भौतिक मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन