काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिने काम सरकारको प्राथमिकतामा परेको बताएका छन् । १७ औ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरी उद्घाटनका क्रममा उनले अधुरा योजनाहरूलाई समयमा नै पूरा गराउने प्रतिबद्धता जनाए ।
निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी केहि उपलब्ध गराइएको भन्दै बाँकी रकम समेत आउँदो साता निकासा हुने उनको भनाई थियो ।
निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने भएकाले सबै तिर उत्साह जगाउने गरी काम गर्न उनले निर्माण व्यवसायीहरूलाई आग्रह समेत गरे । नीतिगत र कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको बताए।
यसका लागि सरकारले कतिपय नीतिगत र कानुनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको बताए। महासंघले निर्माण दिवशको अवसर पारि प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसरी जोगियो शरदसिंह भण्डारीको मन्त्री पद
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री भट्टराई