काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता पाएको छ । थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ताक्षर गरेका हुन् । मिडिया रिपोर्टका अनुसार राजाको हस्ताक्षरपछि सो कानुनलाई राजपत्रमा समेत प्रकाशित गरिएको छ । अब यो कानुन १२० दिनपछि लागु हुने छ । यो कानुन लागु भएपछि पहिलो कानुनी समलिङ्गी विवाह अर्को वर्षको जनवरीमा हुने भएको छ ।
थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् ।
गत असारमा थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । थाइल्याण्ड यस्तो कानुन पारित गर्ने एशियाको तेस्रो देश बनेको छ । यस अघि नेपाल र ताइवानमा समलिङ्गी विवाह सम्बन्धि कानुन बनेको थियो ।
यसअघि गत फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत(तस्बिरहरु)
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
नेपालले आज थाइल्याण्डसँग खेल्दै
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा