काठमाडौं । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ।
निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ असोज २०७५, ०८ : ५२
लेखकबाट थप