एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

पत्रपत्रिकाबाट

शुक्रबार, २६ असोज २०७५, ०८ : ४५
एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

काठमाडौं । राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् । 

दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय गरिएको समितिले जनाएको छ । 

१९ जना कर्मचारी एकै पटक विदेश भ्रमण गर्न लागेको विषयमा हेलो सरकारमा उजुरी परेको छ । समाचार आजको नागरिक दैनिकले छापेको छ । 

प्रतिक्रिया दिनुहोस