आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १४ : १३
आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने

नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप)की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् ।

पार्टीले  यसअघि नै २१ सेप्टेम्बरमा शपथ ग्रहण गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‍मा सामेत भएका अन्य मन्त्रीहरूले पछि शपथ लिने भनिएको थियो । तर, पछि बाँकी मन्त्रीहरुलाई पनि सोही दिन शपथ गराउने निर्णय भयो । सेप्टेम्बर १७ मा अतिशी विधायक दलको नेता चुनिएकी थिइन् ।

मुख्यमन्त्रीका लागि अरविन्द केजरीवालले नै उनको नाम प्रस्ताव गरेका थिए । बाँकी विधायकले पनि उनको नाममा समर्थन गरे । यसअघि तिहाड जेलबाट बाहिर आएपछि सेप्टेम्बर १५ मा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अरविन्द केजरीवालले आफ्नो राजीनामाको घोषणा गरेका थिए ।

आतिशी दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हाल्ने तेस्रो महिला मुख्यमन्त्री बनेकी छन् । उनीअघि भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस