नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो ।
कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
सञ्चालक समिति सदस्य हरिप्रसाद पाण्डे, सलिल भट्टराई, डा.दीपक भट्टराई, सोमप्रसाद मिश्र, प्राचार्य हरिकृष्ण श्रेष्ठ र सहायक प्राचार्य दीपक धामीले कलेजको आर्थिक हिसाब पारदर्शी बनाउन ‘जी पौडेल एण्ड एसोसिएट्स’ बाट लेखापरीक्षण गराएका थिए ।
जसअनुसार अध्यक्ष लम्बोदर न्यौपानेलगायत १५ जनाको नाममा बेरुजु देखिएको हो ।
लेखापरीक्षण प्रतिवेदनअनुसार न्यौपानेको नाममा १३ करोड ३२ लाख ३६ हजार ३ सय ९५ रुपैयाँ, रामरत्न उपाध्यायको नाममा ७९ लाख ३२ हजार ५ सय ३१ रुपैयाँ, लवराज भट्टराईको नाममा २ करोड ४३ लाख ५९ हजार ८ सय ९४ रुपैयाँ र उपेन्द्र गौतमको नाममा १ करोड ७८ लाख १६ हजार ७ सय १८ रुपैयाँ बेरुजु देखिएको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ असोज २०७५, ०८ : ००
लेखकबाट थप