काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानलाई विषादी प्रयोगलाई न्यूनीकरण गर्न अनुरोध गरेका छन् । मंगलबार बल्खु कृषि तथा तरकारी बजारको १३ औँ वार्षिकोत्सव समारोहमा मन्त्री अधिकारीले विषादी प्रयोग नगरी कृषि उपज उत्पादन सम्भव नभएकाले विषादी प्रयोगमा न्यूनीकरण गर्न किसानलाई आग्रह गरेका हुन् ।
‘विषादी नभई कृषि नगदे बाली प्राप्त गर्न सकिँदैन,’ उनले भने, ‘यसलाई प्रयोग गर्न न्यूनीकरण गर्नुका साथै विज्ञहरूको सल्लाह अनुसार मात्रै प्रयोग गर्नुस् ।’उनले उपत्यका बाहिर विषादी अनुगमन गर्दा मन्त्रालय आलोचितसमेत बनेको बताए ।
बल्खु कृषि तथा तरकारी बजारका व्यवस्थापक मोहन कुमार बस्नेतले कृषि उत्पादन हुने क्षेत्रमा नै विषादी परीक्षण गर्न माग राखे । उनले बजारमा आइसकेको कृषि उपजमा विषादीको परीक्षण गर्दा व्यवसायी मारमा परेको दाबी गरे ।उत्पादन क्षेत्रमा नै विषादी परीक्षण गर्दा किसानलाई सचेत बनाउन सकिने बताए ।
कृषि उपजको ढुवानी सवारी साधनमा सरकारीले सहुलियत दिनु पर्ने, कृषि उपजको भण्डारणको व्यवस्थापन गर्नुपर्ने माग राखे । माछा व्यवसायी जङ्ग बहादुर साहले माछाको ढुवानीका लागि सरकारले सहज वातावरण मिलाउनु पर्ने आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ : मन्त्री अधिकारी
कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण