संसदीय समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर, संसदमा बुझाइँदै

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, १३ : ५४
संसदीय समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर, संसदमा बुझाइँदै

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ। तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो ।  

आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदनमाथि प्रतिनिधिसभा बैठकमा पेस हुनेछ । समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो ।

समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस