काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयलेव जानकरी दिएको छ ।
यसैबीच प्रतिनिधि सभाको बैठक बस्ने बारे भने अझै अन्योल रहेको छ । 'हिंसा' शब्द बारे माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता हुनुपर्छ : प्रधानमन्त्री ओली
भोलि राष्ट्रिय शिक्षा दिवस मनाइँदै, मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रधानमन्त्रीले कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने
साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दै छु : प्रधानमन्त्री
नियमसंगत चलाएमा सहकारीहरू डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन: प्रधानमन्त्री ओली
अब साना-ठुला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन : प्रधानमन्त्री ओली