मन्त्रिपरिषद् बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ३० भदौ २०८१, १४ : ३१
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकले मन्त्रालयले पठाएका प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने बताइएको छ ।