आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १२ : ३३
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आज दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक भएकोले साँझमात्रै मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस