काठमाडौँ । उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको सांसद सुदन किरातीले जानकारी दिए ।
नेताहरूका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ । यस्तै बैठकमा समसामयिक राजनीति, संसदमा माओवादीको भूमिका लगायत विषयमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १५ : १२
लेखकबाट थप