धनराजबारे कांग्रेसले भन्यो– गल्ती भए सजाय भोग्नुहुन्छ, तर संसद्‌मा गलत ढंगले प्रश्न उठ्यो

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, १२ : २६
धनराजबारे कांग्रेसले भन्यो– गल्ती भए सजाय भोग्नुहुन्छ, तर संसद्‌मा गलत ढंगले प्रश्न उठ्यो

काठमाडौं। नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङले गल्ती गरेको भए सजाय भोग्ने स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले गल्ती गरेको भए प्रश्न उठ्नु स्वाभाविक भए पनि, डिभोर्स गरिसकेको विषयमा प्रश्न उठाउनु अनुचित हुने बताएको हो ।

उपसभापतिले गल्ती गर्नुभएको हो भने सजाय भोग्नुहुन्छ । उहाँ आफैंले छानबिन गर्न तयार छु भन्नुभएको छ । नेपाली कांग्रेस पनि तयार छ,’ बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘तर  नक्कली डिभोर्स भनेर संसद्मा गलत ढंगले प्रश्न उठ्यो। डिभोर्स र विवाह नक्कली हुँदैन ।

संसारमा लोग्ने स्वास्नीको सम्बन्धनबाहेक अरु कुनै पनि सम्बन्ध डिभोर्स हुँदैन । कानुनी रूपमा डिभोर्स गरिसकेपछि भेट, फोनमा कुराकानी भएको छ कि छैनन् । यी सबै कुरा हेरिने विषय कुरा हेरिने विषय होइनन् । कानुनी रूपमा २०७६ सालमा डिभोर्स भइसकेकोले नक्कली वा सक्कली भनेर संसदमा उठाउनु बहसको विषय बन्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस