काठमाडौं। लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा दिँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले काठमाडौंको तीनकुनेमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने जनाएको छ।केईको शो रुम नक्सालस्थित भाटभटेनीमा सञ्चालनमा छ।बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका लागि छुट्टै सर्भिस सेन्टर शुरू गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरणसमेत राखिएको छ ।हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टरलगायतका अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुने कम्पनीले जनाएको छ ।
सेन्टरमा सबै प्राविधिक ईभी सर्टिफाइड छन् ।सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ट पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १२ : ०३
लेखकबाट थप