लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा राउत नियुक्त

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, १५ : ५९
लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा राउत नियुक्त

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् । पाल्पाको रैनदेवी छहरा गाउँपालिका–२ निवासी डा.रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० को उपदफा (१) अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ ।

सकारात्मक सोच विस्तार अभियानका अभियन्ताको रूपमा स्थापित राउतले समाजशास्त्रबाट योजना तर्जुमामा पिएचडी गरेका छन् ।  साथै उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।

अधिवक्ता समेत रहेका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागू हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस