काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक काठमाडौँमा शुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बैठकको उद्घाटन गरेका हुन् ।
बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । राप्रपाको चौतीस वर्षको इतिहासमा यो बैठक पहिलोपटक गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा रहेका छन् । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने छ ।
उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्दै छन् । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपाले फागुन २५ गते काठमाडौँमा भण्डाफोर सभा गर्ने
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन