काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाम नगरपालिका वडा नम्बर ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कार्की र समूहकी कोषाध्यक्ष रीता सम्बाहाम्फे लोक्तामविरुद्ध सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्कीले २०७० सालदेखि ठेकेदारसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रम भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।
‘उनले कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाएकाले मुद्दा दायर गरिएको हो,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कार्कीले लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफूखुसी कारोबार गरी आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।
कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बूक लगायतका कागजात आफैँले राख्ने गरेको पाइएको छ । उनले वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार ६ सय रुपैयाँ वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरेको अख्तियारको आरोप छ ।
‘साथै कार्कीले कटान आदेशभन्दा बढी ८ लाख ५५ हजार ५०४ रुपैयाँको वन विनाश गरी अवैध घाटगद्दी गरेर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएको छ,’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै समितिकी कोषाध्यक्ष रीता सम्बाहाम्फे लोक्तामको समेत संयुक्त दस्तखतबाट खाता सञ्चालन भएको पाइएको छ । उनले चेकमा हस्ताक्षर गरेको खुल्न आएकाले उनीविरुद्ध पनि ३० लाख ७८ हजार ६ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मन्त्रिपरिषद् निर्णयमा अख्तियारको प्रवेशबारे आन्तरिक छलफलमा जुट्यो एमाले
प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर