काठमाडौं। गोरखामा अरिङ्गालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–९ सानोवेशीका ६५ वर्षीय जयबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार छिमेकीको घैया धान काट्न मेलामा गएको बेला कालो अरिङ्गालले टोकेको थियो ।गम्भीर घाइते भएका कुँवरलाई स्थानीय स्वास्थ्यकर्मी घरमै उपचार थालिएको थियो । तर, उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरिङ्गालको टोकाइबाट घाइते एकको मृत्यु
लमजुङमा अरिङ्गालले टोकेर चारजना घाइते
घरको अरिङ्गाल चोरिएपछि वडामा उजुरी