घरको अरिङ्गाल चोरिएपछि वडामा उजुरी

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १२ : २६
घरको अरिङ्गाल चोरिएपछि वडामा उजुरी

पोखरा । गोरखाको सहिद लखन गाउँपालिका ७ मा घरमा हुर्किरहेको अरिङ्गाल चोरी भएपछि खोजिदिन वडामा उजुरी परेको छ । वडा सदस्य समेत रहेका डिलबहादुर गरन्जाले घटनाको छानबिनका लागि निवेदन दिएका हुन् । वडाध्यक्ष शरण श्रेष्ठले घटनाको छानबिन र संलग्नमाथि कारबाहीको माग गर्दै घरधनीले निवेदन दिएका बताए ।

रातको समयमा आगो लगाएर घरमा भएको अरिङ्गालको गोलो लगेछन् । सत्य तथ्य पत्ता लगाइदिनुपर्‍यो भनेर निवेदन आएको छ,’ उनले भने । अरिङ्गाल चोरीसँगै घरमा क्षति भएको उनले सुनाए ।‘केही महिनाअघि मात्रै घरमा रंगरोगन गरिएको रहेछ,’ श्रेष्ठले थपे, ‘सबैतिर धुवाँ लागेको छ ।’

पीडितको निवेदनका आधारमा घटनामा संलग्नको खोजीका लागि पहल गरिने उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस