काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरण नेपालमात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत चासोका साथ हेरिएका कारण नेकपा एमाले र नेपाली कांग्रेस मिलेर उन्मुक्ति पाउन नसक्ने दाबी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले यो प्रकरणमा जसले अनुसन्धान गरेको छ त्यहीमाथि छानबिन गर्दै सरकारले यसमा आफ्नो नियत देखाएको आरोप लगाएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेको भान देला र जनतासँग डराउला भन्ने लागेको तर बहुमतको बलमा त्यो एकसातापनि बाँकी नराखेको उनले आरोप लगाए ।
उनले एक सातामै छानबिन गरिरहेका प्रहरीमाथि नै छानबिन गरेर दुई तिहाइ सरकारको नियत देखिएको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको अनुसन्धानबाट प्रस्ट भएको दाबी गरे ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण तपाईँहरू मिल्ने र एक अर्कालाई जोगाउने हुन सक्दैन । यसलाई अन्तर्राष्ट्रिय रुपमा हेरिएको छ’, उनले प्रश्न गरे, ‘यस्तो अनुसन्धान गर्ने प्रहरी अधिकृतलाई उल्टै छानबिन गरेर देशको प्रतिष्ठा कहाँ पुग्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड
तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग
शान्ति प्रक्रियाबारे राजनीतिक तहमा तिक्तता बढोस् भन्ने चाहन्नँ : प्रचण्ड
संविधानको समीक्षा गरौं, त्यसपछि मात्र संशोधनको बहस गरौंला: प्रचण्ड