नेपालगञ्ज । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनका अनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ । ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ भदौ २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ५७ हजार, कतिमा हुदैँछ कारोबार?
सुनको भाउ तोलामा १२ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको?
सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?